सिनेमा

बक्स अफिस हिटको खोजीमा धिरज–जसिताको दौडधुप

इकागज |
बैशाख १८, २०८० सोमबार ११:३६ बजे

काठमाडौँ - अभिनेता धिरज मगर र जसिता गुरुङको दौडधुप यतिबेला हेर्न लायक छ । ‘ज्याकी आइम ट्वान्टी वान’को यो जोडी कहिले पश्चिम पुगेको छ त कहिले पूर्व । काठमाडौँमा भने यो जोडी हरेक दिन कलेजका विद्यार्थीसँग फिल्मको बारेमा अन्तक्र्रिया गरिरहेको छ ।

उनीहरूको दौडधुप सजिलो अर्थ छ । किनकि स्टारडमको दौडमा कायम रहन दुवैका लागि बक्स अफिस हिटको जरुरी छ । ‘इन्टु मिन्टु लन्डन’मा बाट सानदार डेब्यू गरेका धिरजको सुटिङका हिसाबले दोस्रो फिल्म यही थियो । तर तेस्रोमा सुटिङ गरेको ‘बाबरी’ दोस्रो फिल्मको रुपमा रिलिज भयो र बक्स अफिसमा पनि दोस्रो नै भयो ।


गीत र ट्रेलरको राम्रै हाइपका बावजुद फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । यसले धिरजको स्टारडममा प्रश्न चिन्ह खडा गरिदिएको छ । धिरजले दुई तीन वर्षभन्दा ज्यादा समय दिएको ‘ज्याकी, आइ एम ट्वान्टी वन’ कथंकथाचित तलमाथि भयो भने उनलाई ठूलै असर गर्नेछ । यसका लागि पनि धिरज प्रचारमा अर्को फिल्मको सुटिङ हापेरै लागेका छन् ।

यता जसिता पनि करिअरमा एउटा क्लिन हिटको खोजीमा छिन् । उनले काम गरेका ‘लिली बिली’ र ‘लभ स्टेसन’ले बक्स अफिसमा त्यो उपलब्धि दिलाएनन् जुन जसिताले चाहेकी थिइन् । प्रदीप खड्कासँग जोडी बाँधेका दुवै फिल्म मध्ये ‘लिली बिली’ले औसत व्यापार गरेको भए पनि ‘लभ स्टेसन’ले कमजोर व्यापार गरेको थियो । 
त्यसैले जसिता पनि तेस्रो रिलिजमा सफलताको स्वाद चाख्न चाहान्छिन् । यसैका लागि उनी पनि प्रचारमा खटेकी छिन् । डान्स ड्रामा श्रेणीको फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई रेनेशा बान्तवा राईले निर्देशन गरेकी हुन् । 


Author

थप समाचार
x