'परस्त्री' असार १५ मा नेपालसँगै भारतमा पनि रिलिज हुने
काठमाडौँ- 'प्रेमगीत ३'को सिको गर्दै सुरज पाण्डे निर्देशित फिल्म 'परस्त्री' नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । फिल्म जुन ३० अर्थात् असार १५ मा नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको हो । फिल्मले भारतको प्रदर्शन मिति तय गरेसँगै फस्टलुक पोस्टर सार्वजनिक गरेको छ ।
सिनेमाको सार्वजनिक ४ पोस्टरमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् ।
सिनेमाका सार्वजनिक ३ पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई स्थान दिइएको छ भने एक पोस्टरमा कोशिस र गौरव छन् । सिनेमाको सार्वजनिक पोस्टरले दर्शकमा उत्सुकता पैदा गर्ने देखिन्छ । सिनेमामा अलिसा क्षेत्री, आशान्त शर्माको पनि अभिनय रहेको छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमामा काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । निरज कडेलले सिनेमाको छायांकन गरेका हुन् ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई 'लभ लभ लभ' फेम्ड अभिनेता सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनले यही सिनेमाबाट अभिनय छोडेर निर्देशनमा डेव्यू गर्दैछन् ।
नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । सिनेमाको प्राविधिका काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया