सिनेमा

‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन

इकागज |
बैशाख २४, २०८० आइतबार १३:१९ बजे

काठमाडौँ - बिहीबारदेखि प्रदर्शन थालेको ‘ज्याकीः आई एम ट्वान्टी वान’ले क्लाइमेक्स परिवर्तन गरेको जनाएको छ । दर्शकले फिल्मको अन्त्य चित्त बुझ्दो नभएको प्रतिक्रिया दिएपछि निर्माण टिमले अन्त्य परिवर्तन गरेर आइतबार नयाँ फाइल पठाएको छ । पहिलाको अन्त्य अपर्झट भएको र कुनै निष्कर्षमा नपुगेको दर्शक प्रतिक्रिया थियो । 

 दर्शकको मागलाई ध्यानमा राखेर निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छिन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् । उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई हामीले परिवर्तन गरेका छौं ।’


नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्स रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए । नेपालमा यस्तो शैलीको फिल्म यस अगाडि नबनेको भन्दै उनीहरुले ‘ज्याकीः आई एम ट्वान्टी वान’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् । 


Author

थप समाचार
x