सिनेमा

बलिउडका यी ५ फिल्म जसले लम्बाइका कारण झण्डै देख्‍न पाएनन् हलको मुख

इकागज |
बैशाख २४, २०८० आइतबार १७:२५ बजे

मुम्बई - सिनेमा निर्माणमा आएका धेरै परिवर्तनमध्ये एउटा परिवर्तन हो, फिल्मको लम्बाइ । खासगरी बलिउडमा साढे दुई घन्टा, तीन घन्टाको फिल्म बनाउनु सामान्य मानिन्थ्यो । तर आजभोलि २ घन्टाभन्दा लामो भयो भने हल र दर्शक दुवै नाक खुम्च्याउँछन् । दर्शकलाई यति लामो समय हलमा खर्चनलाई मजा आउँछ कि आउँदैन भन्ने चिन्ता हुन्छ भने हल लामो फिल्मले सो घट्ने चिन्तामा हुन्छन् ।

तर बलिउडले कुनै समय यति लामा लामा फिल्म बनाएको थियो कि तिनलाई हलले रिलिज गर्न आनाकानी गर्ने गरेका थिए । लामो हुनुका बावजुद पनि हलमा लागेका यी फिल्मले दर्शकको साथ भने राम्रै पाएका थिए ।
१ मेरा नाम जोकर
राज कपुरले आफ्नो जीवनकै उत्तम फिल्म मान्ने यो फिल्मको लम्बाइ ३ घन्टा ४४ मिनेट थियो ।  यो फिल्ममा जम्मा २८ गीत थिए । लामो भएकै कारण यो फिल्मको इन्टरभल दुई दुई पटक गरिएको थियो । ऋषि कपुरले यही फिल्मबाट बाल कलाकारको रुपमा डेब्यू गरेका थिए । बक्स अफिसबाट पैसा उठाउन असफल भएको यो फिल्म कालान्तरमा क्लासिक मानिएको थियो । यही फिल्ममा लगोको घाटा उठाउन राज कपुरले पछि ‘बबी’ निर्देशन गरेका थिए ।
२. मोहब्बतेँ 
शाहरुख खान, ऐश्वर्या राय र अमिताभ बच्चनको मुख्य भूमिका रहेको ‘मोहब्बतेँ’ पनि बलिउडको लामो फिल्मको सूचीमा आउँछ । यो फिल्मको लम्बाइ ३ घन्टा ३६ मिनेट रहेको थियो । यो फिल्ममा पनि थुप्रै गीत थिए । लामो भए पनि यो फिल्म सुपरहिट भएको थियो ।
३. लगान
आमिर खानको यो फिल्मलाई पनि लामो फिल्मको सूचीमा राखिन्छ । कतिसम्म भने जावेद अख्तरले समेत फिल्मको लम्बाइ धेरै भएको भन्दै लम्बाइ घटाउन सुझाव दिएका थिए रे । तर फिल्म हेरेपछि भने काट्ने ठाउँ नभएको भन्दै यो फिल्म ३ घन्टा ४४ मिनेटको लम्बाइसहित रिलिज भएको थियो । रिलिजपछि फिल्मले बक्स अफिसमा पैसा छापेको थियो । 
४. सलाम ए इश्क 
एक सहरका ६ जोडीको कथा बताउने ‘सलाम ए इश्क’को पनि लम्बाई ३ घन्टा ३६ मिनेट थियो । सलमान खान, प्रियंका चोपडा, अनिल कपुर, जुही चावला आदि कलाकारको अभिनय रहेको फिल्ममा अरु पनि स्टार कलाकारको भिड थियो । तर चल्तीका स्टार र गीत चल्दा पनि यो फिल्मले दर्शक भने पाउन सकेको थिएन । 
५.गेंग्स अफ वासेपुर 
अनुराग कश्यप निर्देशित यो फिल्म बलिउडको सबैभन्दा लामो फिल्म हुनेवाला थियो यदि हलले यो फिल्म रिलिज गर्न इन्कार नगरेको भए । किनकि सुरुमा यो फिल्मको लम्बाइ ५ घन्टा २१ मिनेट थियो । तर हलले यति लामो फिल्म रिलिज नगर्ने संकेत पाएपछि निर्माण टिमले यसैलाई दुई भागमा बाँडेर रिलिज गरेको थियो । पहिले बनिसकेर रिलिज गर्न नपाएका कारण यो फिल्मको पहिलो र दोस्रो भाग मात्र ३ महिनाको अन्तरालमा रिलिज भएका थिए ।



Author

थप समाचार
x