सिनेमा

नेपालको ध्यान शिविरमा यस्तो छ आमिर खानको दैनिकी

इकागज |
बैशाख २५, २०८० सोमबार १४:३५ बजे

काठमाडौँ - आमिर खान आइतबार अचानक नेपालको एयरपोर्टमा देखिए । विना हल्ला खल्ला एयरपोर्टमा देखिएपछि उनी के का लागि आएछन् भन्ने कौतुहलता थियो । तर, एयरपोर्टबाट सिधैं बुढानिलकण्ठको बाटो समातेपछि उनी यही इलाकामा रहेको नेपाल विपश्यना सेन्टरमा विपश्यनाका लागि आएको खबर पनि फैलियो ।

उनी आइतबार दिउँसोबाट सुरु हुने १० दिने विपश्यना कोर्सका लागि नेपाल आएको नेपाल विपश्यना सेन्टरका रुप ज्योतिले पुष्टि गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका ज्योति नै आमिर खानको १० दिने विपश्यना कोर्सका प्रमुख आचार्य हुन् ।


नेपाल विपश्यना सेन्सरका अपरेसन म्यानेजर विजय बाबलीले आमिर आइतबार नै शिविर प्रवेश गरेको र शिविरमा १० दिनसम्म हुने दैनिकीको बारेमा जानकारी लिएर बेलुकी ७ बजेदेखि विधिवत रुपमा ध्यान शिविरमा सामेल भएको बताए । विजयका अनुसार आमिरलाई केन्द्रभित्र बस्नका लागि बेग्लै व्यवस्था गरिएको छ तर ध्यानका बाँकी शिविरमा भने आमिर अरु सरह नै सामेल हुनेछन् । सोमबारबाट विधिवत रुपमा सुरु हुने शिविरमा आमिरसँगै थप १ सय ३९ जना ध्यानी छन् । विजयले ७० जना पुरुष र सोही संख्यामा महिला ध्यानका लागि आएको जानकारी गराए ।

शिविरको नियमअनुसार बिहान ४ बजे उठेर नित्यकर्मबाट निवृत भएर साढे ४ देखि ध्यानमा सामेल भइसक्नुपर्नेछ । आमिरले पनि सोमबार सोही नियमअनुसरण गरेको विजयले बताए । साढे ६ बजेसम्म चल्ने यो सेसनमा सहभागीले शिविर भित्र रहेको हल वा आफ्नै कोठामा बसेर ध्यान गर्न सक्नेछन् । यसपछिको डेढ घन्टाको समय भने ब्रेकफास्टको रहेको छ ।

८ बजेपछि भने सामूहिक रुपमो ध्यान गर्नुपर्नेछ । यो समय १ घन्टा हुनेछ । ९ बजेदेखि ११ बजेसम्मको फेरि अर्को सेसन चल्नेछ जुन दुई घन्टाको हुन्छ । ११ बजेदेखि १२ बजेसम्म भने खानाको समय रहनेछ । यसैगरि एक एक घन्टाको ध्यान शिविर बेलुकी साढे ९ बजेसम्म चल्नेछ । आमिर १८ तारिखसम्म नेपाल रहनेछन् । 


Author

थप समाचार
x