दि केरला स्टोरीः पश्चिम बंगालमा प्रतिबन्ध, उत्तर प्रदेशमा 'टैक्स फ्रि'
मुम्बई - प्रोपोगान्डा फिल्मको रुपमा चित्रित चलचित्र ‘दि केरला स्टोरी’लाई पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मुख्यमन्त्री ममता बर्नजीले राज्यको शान्ति र अमनचयनका लागि ठीक नभएको भन्दै मुख्यमन्त्रीले फिल्म नचलाउने निर्णय गरेकी हुन् ।
उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टयाक्स फ्रि गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ ।’
मुस्लिम समुदायलाई गलत रुपमा चित्रण गरिएको भन्दै निर्माण घोषणादेखि नै यो फिल्म विवादमा थियो । तर निर्माताले भने यो केरलाको सत्य कथामा आधारित रहेको दाबी गर्दै आएका छन् । फिल्मले हिन्दु युवतीलाई प्रेमजालमा फसाएर मुस्लिम बनाउने र आतंकवादी गतिविधिमा संलग्न गराउने कथा पेश गर्छ । यो फिल्मलाई सत्तासिन बिजेपीले समर्थन गरिरहेको छ । फिल्म रिलिजसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले यसको तारिफ गरेका छन् भने योगी आदित्यनाथले ट्याक्स फ्रि गर्ने घोषणाले यो कुराको पुष्टि गर्छ ।
हिन्दु धर्म समर्थकबाट राम्रो साथ पाएको फिल्मले तीन दिनमा ३५ कराेड हाराहारी व्यापार गरेको छ । नाम चलेका कलाकार खासै नभएको फिल्मले विकेन्डमा गरेको व्यापार सलमान खानको 'किसी का भाइ किसीकी जान'को भन्दा बढी रहेको छ । फिल्मले दर्शक बढाउँदै पहिलो दिनभन्दा तेस्रो दिन दाेब्बर व्यापार गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया