सिनेमा

अर्पण र निशा अभीनित सिरिज ‘ब्रह्माण्ड’को पहिलो सिजनको सुटिङ सकियो

इकागज |
बैशाख २८, २०८० बिहीबार ११:३६ बजे

काठमाडौँ - कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको  सिरिज ‘ब्रह्माण्ड’को पहिलो सिजनको पहिलो सेड्युल बुधबार सकिएको छ ।  खिचिएको २५ औँ दिनमा पहिलो सेड्युल सकिएको हो । ‘ब्रह्माण्ड’को पहिलो सिजन ८ एपिसोडको हुनेछ र यसको समयावधि ८ घण्टाको हुनेछ । 

सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ्ग, राजन खतिवडा, सरिता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय रहेको छ भने सन्जय ढुङ्गाना र सुप्रज्ञा शर्माले यस सिरिजबाट डेब्यू गर्दैछन् ।


रियाज नाटककारको लेखन तथा निर्देशन रहेको ब्रह्माण्डको छायांकन पुरुषोत्तम प्रधान, र शेर बहादुर तामाङ, प्रोडक्सन म्यानेजर दिलिप पन्त हुन् भने यसका कार्यकारी निर्माता सागर राज आचार्य हुन् । ‘ब्रह्माण्ड’ लाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा ओटीटी प्लेटफर्ममा रिलिज गरिनेछ ।

पछिल्लो समय दर्शकहरुको रुचि र ओटीटीका सिरिजप्रतिको आकर्षणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मापदण्डको सिरिज बनाउने कोशिस गरिएको छ ।
पोखरा स्थित टोपी स्टुडियोजमा लास्ट सट लिएर सिरिजको इन्ड्क्ल्याप गरिएको निर्माण टिमले जनाएको छ । 


Author

थप समाचार
x