सिनेमा

सुवर्णको ‘राधा’ फ्रान्सको ‘ला फेमे’ फिल्म महोत्सवमा ७ विधामा मनोनयनमा

इकागज |
जेठ १, २०८० सोमबार १२:५० बजे

काठमाडौँ - सुवर्ण थापा निर्देशित ‘राधा’ फ्रान्सको कान्स सहरमा हुने ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’को ७ विधामा मनोनयनमा परेको छ । अमेरिकाको लसएन्जल्समा रहेका थापाले इकागजसँग कुरा गर्दै फिल्म लेखन, निर्देशन,अभिनय तथा छायांकन गरी ७ विधामा मनोनयनमा परेको जानकारी गराए । 

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई प्लेटफर्म दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको फेस्टिभल हो । सुवर्ण थापाको लेखनसमेत रहेको फिल्मले पनि शीर्ष चरित्रमार्फत महिलाको सहनशक्तिको कथा पेस गर्छ । फिल्म सेट डिजाइन र सम्पादन विधामा पनि मनोनयनमा परेको छ । 


यही महिनाको २३ तारिख बाँडिने अवार्डमा सहभागी हुनका लागि थापा लसएन्जल्सबाट सिधै कान्स पुग्नेछन् । सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म आइतबार मात्र सार्वजनिक नेपाल प्राविधिक संघले आयोजना गर्र्दै आएको नेफ्टा अवार्डमा १० विधामा मनोनयनमा परेको छ । नेफ्टामा फिल्म उत्कृष्ट फिल्मसँगै निर्देशक, अभिनेत्री, सहायक अभिनेता, रङ संयोजन, छायांकन, सम्पादन, लेखन, भेषभुषा तथा शृंगारका विधामा मनोनयनमा परेको छ ।

गत वर्षको भदौको दोस्रो सात हलमा रिलिज भएको फिल्मले प्रदर्शकबाट राम्रो साथ नपाएको भन्दै प्रदर्शनको तेस्रो दिन हलबाट उतार्ने निर्णय गरेको थियो । फिल्ममा आधा दर्जन बढी चलेका कलाकारको अतिथि भूमिका थियो । 


Author

थप समाचार
x