सिनेमा

यो साल किम्फ नहुने

इकागज |
जेठ २, २०८० मंगलबार १२:१ बजे

काठमाडौँ - विगत २२ वर्षदेखि आयोजना हुँदै आएको काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल सन् २०२३ मा नहुने भएको छ । आयोजक हिमाल एसोसिएसनले फेस्टिभलमा नयाँ ढाँचामा अगाडि बढाउने निर्णय अनुरुप यो साल फेस्टिभल स्थगन गर्ने निर्णय गरेको हो । 

फेस्टिभल नभए पनि कार्यशाला, प्रशिक्षण तथा डकल्याब स्क्रिनिङका काम भने निरन्तर रुपमा आयोजना हुने किम्फले विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा फिल्म फेस्टिभल र आयोजकले आफ्नै संरचनामा पनि पुनर्विचार गर्नुपर्ने मननसहित यो साललाई फेस्टिभल रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।


आयोजकले अर्को वर्ष नयाँ जोश जाँगरका साथ आउने पनि वाचा गरेको छ । पर्वतीय विषयवस्तुमा बनेका फिल्मलाई मौका दिने उद्देश्यसहित फेस्टिभल हरेक साल डिसेम्बर महिनामा आयोजना हुँदै आएको थियो । 
 


Author

थप समाचार
x