सिनेमा

एलिजालाई पूजनाको झटारो : नायिकाको ट्याग भिरेपछि आगै लाउने कुरा चाहिँ नगरेको भए हुने नि !

इकागज |
जेठ ४, २०८० बिहीबार १६:२९ बजे

काठमाडौँ-  अभिनेत्रीबाट भर्खर राजनीति सुरु गरेकी एलिजा गौतमले मंगलबार रेशम चौधरीविरुद्धको निर्णयलाई लिएर देशभर आगो बाल्ने धम्कि दिएपछि गौतम चर्चामा छिन् । सर्वोच्च अदालतले पहिलेका अदालतको फैसलालाई सदर गर्दै उनलाई टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय सुनाएको थियो ।

केही महिनाअघि रेशम चौधरीको जनमत पार्टी प्रवेश गरेकी एलिजाले उनीमाथिको फैसला गलत भएको र नसच्याए देशभर आगो बाल्ने धम्कि दिएकी थिइन् । उनको यो धम्किलाई लिएर राम्रै चर्चा भएको छ । तर यो भिडमा अभिनेत्री पूजना प्रधान पनि थपिएकी छिन् । उनले भने एलिजाले व्यक्त गरेको शब्दलाई आपत्तिजनक मान्दै कम्तिमा नायिको इज्जत राखिदिएको भए हुन्थ्यो भन्ने आसयको स्ट्याटस लेखेकी छिन् ।


‘हुनत आफ्नै पैसाले नायिका बनेकी हुन तर पनि नायिकाको ट्याग भिरेपछि देशमा आगो लगाउने जस्तो आपत्तिजनक शब्द प्रयोग नगरेको भए हुन्थ्योु उनले लेखेकी छिन् । एलिजा दोस्रो फिल्म गर्न आतुर थिइन् । यसका लागि प्रशस्त पैसा खर्च गरेर पल शाह, पुष्प खड्का आदिसँग म्युजिक भिडियो पनि गरिन् । तर कसैले पत्याएनन् । बीचमा दीपेन्द्र लामालाई लिएर उनले अर्को फिल्म बनाउने निर्णय गरेकी थिइन् तर यो फिल्म पनि घोषणामै सीमित रह्यो । बाध्य भएर राजनीति छानेकी एलिजालाई राजनीति पनि भारी पर्न थालेको छ । 

यता आगो लगाउने कुराको आलोचना भएपछि एलिजाले फेसबुकमा माफी मागिसकेकी छिन् । उनले राजनीतिमा  सिकारु भएकाले आवेशमा आएर बोलेकोले कमजोरी भए सुधार गर्दै जाने बताएकी छिन् । उनले लेखेकी थिइन् - राजनीतिमा सिकारु मान्छे हुँ ! मभित्र धेरै कमजोरी छन् थाहा छ । त्यो सुधार गर्दैछु ।केही कुरा समयले सिकाउँदै गएको छ । म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रिय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन् । पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु , सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो । सोही ठानेर मिडियामा बोलेँ  र खबरदारी गरेँ । यसमा सुझाव दिने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद । समाजका लागि केही गरौं भन्ने मनको हुटहुटीले राजनीतिमा जोडिएकि हु । आगामी दिनमा केही सुझाव भए दिँदै गर्नु होला । आफू भित्रको कमजोरीलाई सुधार गर्दै जानेछु ।'

 


 


Author

थप समाचार
x