सिनेमा

नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण हुने 'देववाणी'को मुहूर्त

इकागज |
जेठ ५, २०८० शुक्रबार १५:३५ बजे

काठमाडौं -  निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहूर्त गरिएको छ । पूजाआजासहितको मुहुर्तमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहूर्त सट दिएका थिए । मुहूर्तमा पत्रकार शान्तिप्रियले क्यामराको स्वीच अन, मोहन निरौलाले निर्देशन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेका थिए ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माणहुने फिल्मको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा हुनेछ । निर्देशक बलामीका अनुसार फिल्म एक्सनप्रदान हुनेछ ।


फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुने छ ।


Author

थप समाचार
x