सिनेमा

अदालत जाने झन्झटबाट बच्यो 'काँडेतार', विवादित दृश्य काटेपछि सेन्सर फुकुवा

इकागज |
जेठ ६, २०८० शनिबार १६:१५ बजे

काठमाडौँ-  चलचित्र 'काँडेतारु लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा भएको छ। चलचित्र सेन्सर बोर्डले फिल्ममा रहेको केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि पास गरेको हो । निर्माता निर्देशक नवल खड्काले  सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको विषयमा रहेको दुई दृष्य काट्दै सेन्सर पास गरेको जानकारी दिए । 

चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको थियो । बोर्डले ती दृष्य काट्न भनेको थियो । तर, चलचित्र निर्माण टिम कुनै सम्वाद र दृष्यमा कैची चलाउन तयार नभएपछि सेन्सर भएको थिएन ।


निर्माता, निर्देशक र नायक नवल खड्काले कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गराउने प्रयास गरेका थिए । यसका लागि सेन्सरले अनुमति नदिए  न्यायका लागि अदालतसमेत जान सक्ने बताएका थिए  । तर उनले अन्तिममा सेन्सरका शर्त मान्दै काँटछाँट गरेका थिए । 

सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ । चलचित्रको प्रदर्शन मिति एक कार्यक्रम आयोजना गरिने कुरा निर्देशक नवल खड्काले जनाएका छन् । 


Author

थप समाचार
x