सिनेमा

‘दिमाग खराब’ सुरु, सकियो ‘नाङ्गो गाउँ’

इकागज |
जेठ ९, २०८० मंगलबार १२:३ बजे

काठमाडौँ - ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’को सुटिङ सकिएको छ । दुई सेड्युल गरी खिचिएको फिल्म काभ्रेको बेथान चोकमा सकिएको हो । तर निर्माण टिमले फिल्ममा रहने दुई गीत पछि सुटिङ गर्ने जनाएको छ । 

दयाहाङ अर्र्को फिल्ममा व्यस्त हुनुपर्ने र फिल्मका अर्का अभिनेता कार्म मिन भामको ‘चिसो वर्ष’ सुटिङमा व्यस्त रहेकाले गीत पछि सुटिङ गर्ने गरी सिनेमा प्याकअप गरिएको हो । फिल्ममा कार्म र साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी रहेको छ । 


दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म भदौ २९ मा प्रदर्शन हुँदैछ । यसैगरी ६ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका निश्चल बस्नेतले ‘दिमाग खराब’को सुटिङ सुरु गरेका छन् । निश्चलले बुढानिलकण्ठ मन्दिरमा पूजाआजा गर्दै काभ्रेको पाँचखालबाट सुटिङ सुरु गरेका हुन् । 

राजनीतिक विषयवस्तुमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, विजय बराल, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । निश्चलले २०७४ सालमा रिलिज भएको ‘लुट २’ पश्चात् निर्देशनमा कमब्याक गरेका हुन् । रौनकविक्रम कँडेल निर्माता रहेको फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन् । 


Author

थप समाचार
x