अनमोल भन्छन् – पहिला घरको फिल्म त्यसपछि मात्र अरुको फिल्म
काठमाडौँ - अनमोल केसीले ‘फर्की फर्की’ शीर्षकको फिल्म साइन गरेपछि यो फिल्मको सुटिङलाई लिएर अनुमान सुरु भएका छन् । समाचारमा कतै यो फिल्मको सुटिङ असारबाट सुरु हुने बताइएको छ त बतै भदौबाट । तर अनमोल केसीले भने होम प्रडक्सनको फिल्मपछि मात्र ‘फर्की फर्की’ सुटिङमा जाने बताएका छन् ।
‘पहिला होम प्रडक्सनको फिल्म बन्छ त्यसपछि मात्र अहिले चर्चामा आएका फिल्मको काम सुरु हुन्छ,’ उनले इकागजसँग छोटो कुराकानी गर्दै भने । उनले यसअघि सुटिङमा जाने भनेर वर्कसपसमेत भएको ‘जेरी अन दि टप’ भने यो साल नबन्ने जानकारी दिएका छन् । उनले यो फिल्म अर्को साल सुटिङमा जाने परी पोस्टपोन्ड भएको जनाएका छन् ।
अनमोलको होम प्रडक्सन फिल्म भने भदौको दोस्रो हप्ताबाट फ्लोरमा जाने तयारीमा छ । सुपरकाजल फिल्मस्को ब्यानरबाट बन्ने यो फिल्मको केही दिनमै नाम सार्वजनिक गरिने अनमोलले जनाएका छन् । भुवन केसीका अनुसार अनमोलले खेल्न लागेको फिल्म प्रेमकथा नै हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया