सिनेमा

फिल्म ‘बार्बी’का कारण बजारमा गुलाबी रङको हाहाकार

इकागज |
जेठ २१, २०८० आइतबार १७:३४ बजे

लसएन्जल्स - ग्रेटा जेरविगको नयाँ फिल्म ‘बार्बी’का कारण बजारमा रङको अभाव भएको छ । निर्देशक जेरविगले सुटिङ हुने सारा ठाउँलाई गुलाबी बनाउनु पर्ने भएपछि धेरै रङ लागेको र बजारमा नै रङको अभाव भएको बताएकी हुन् । 

‘गुलाबी रङ पनि चम्किलो होस् भन्नका लागि थप रङको प्रयोग गरियो । यही कारण पनि रङको हाहाकार भयो,’ जेरविगको भनाइ छ । बार्बी खेलौनाको प्रेरणामा बनेको फिल्ममा मार्गोट रोबीले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा दुई दर्जन बढी नाम चलेका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा रायन गोसलिङ पनि मुख्य भूमिकामा रहेका छन् । 


२० भन्दा ज्यादा गीत रहेको फिल्म जुलाई २१ मा विश्वव्यापी रिलिज हुँदैछ । यो फिल्ममा धेरै कलाकारको अभिनय रहेको देखेर जेरविगका कारण हलिउडमा कलाकारको पनि खडेरी लागेको जस्ता जोक बनेका थिए । 
 


Author

थप समाचार
x