ब्रिटिश काउन्सिलको क्यामेरा सिकमा बालबालिकाले सिके चलचित्र कला
काठमाडौँ - युवाले बनाएका चलचित्रहरु हेर्न विद्यालयहरुका लागि ब्रिटिश काउन्सिलले एक दिने कार्यक्रम आयोजना गरेको छ । ब्रिटिश काउन्सिल नेपालले समावेशीकरण र जलवायु परिवर्तन जस्ता जटिल चुनौतीबारे विद्यार्थीमा नयाँ बुझाइ निर्माणका लागि चलचित्र र चलचित्र निर्माणको प्रभाव बारे जानकारी दिन विद्यालय स्तरीय कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।
सन् २०१९ देखि, ब्रिटिस काउन्सिलले नेपाल र बेलायतका संस्थाहरुसँग मिलेर युवाहरु (१८ वर्ष मुनिका) माझ फिल्मको प्रयोगलाई प्रोत्साहन गर्न प्रशिक्षकहरुलाई तालिम दिने, शिक्षक / विद्यार्थीहरूका लागि स्रोत सामग्रीहरु विकास गर्ने र चलचित्रहरुका लागि वार्षिक आह्वनहरु सिर्जना गर्ने काम गरिरहेको छ । क्यामेरा सिक कार्यशालाहरु, अनुदान र पुरस्कारहरु नेपालभरका विद्यालयहरुमा डिजिटल र भौतिक प्रस्तावहरु मार्फत पुगेका छन् ।
अहिलेसम्म युवाहरु, विद्यालय र ब्रिटिश काउन्सिलका सल्लाहकारले आफूहरु सँगको सहकार्यमा ५० भन्दा बढी चलचित्रहरूको क्याटलग सिर्जना गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
क्यामेरा सिकको वार्षिक आह्वानका लागि (सन् २०२१ देखि ) युवाहरुले बनाएका चलचित्रहरू नेपाल र विदेशका ४० लाखभन्दा बढी मानिसहरु माझ पुगेको कार्यक्रममा दाबी गरिएको थियो । यसरी बनेका चलचित्र युएनएफसीसीसी कन्फरेन्स अफ पार्टीज (कोप) २६ र २७ मा समेत समावेश गरिएकाे थियो । शुक्रबारको कार्यक्रममा क्यामेरा सिकका विधिहरू, स्रोतहरु र प्रभावहरुका बारे १ सय ८० जना विद्यार्थी र २० जना भन्दा बढी शिक्षकले जानकारी लिएका थिए ।
कार्यक्रममा, ब्रिटिस काउन्सिल र यसका साझेदारहरुले सामाजिक सञ्जालमा भर्खरै चलेको योग फिल्म्स २०२३ अभियानका तीनजना विजेताहरुलाई पनि पुरस्कृत गरेका थिए जसमा विभिन्न प्रदेशका युवाहरुले बनाएका १० चलचित्रहरुले पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा समावेशी समाज पहिलो र कुमाल दोस्रो भएका थिए । कार्यक्रममा अन्भेलिङ्ग द ट्रुथलाई जूरी अवार्ड प्रदान गरिएको थियो । समावेश भएका १० चलचित्रहरू सांस्कृतिक सम्पदा, संरक्षण, जलवायु परिवर्तन र समावेशी विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया