सिनेमा

‘अन्धाधुन’ बन्यो भारतमा सर्वाधिक नाफा कमाउने दोस्रो फिल्म

इकागज |
जेठ ३२, २०८० बिहीबार १२:२२ बजे

मुम्बई - लगानी जम्मा ३२ करोड तर कमाइ ४ सय ४० करोड । यो आँकडा हो आयुष्मान खुराना र तब्बु अभीनित चलचित्र ‘अन्धाधुन’को । जम्मा ३२ करोडको लगानीमा बनेको फिल्मले विश्वभरबाट ४ सय करोड माथिको व्यापार गरेपछि यो फिल्म नाफा कमाउनमा दोस्रो नम्बरमा उक्लिएको छ ।

७२ करोडमा बनेर १९ सय करोड भन्दा ज्यादा कमाइ गरेर नाफा कमाउने मामलामा ‘दंगल’ पहिलो नम्बरमा छ । सन् २०१८ मा रिलिज भएको यो फिल्मले भारतमा पनि सुपरहिट व्यापार गरेको थियो । तर यो फिल्मले चीनबाट कुस्त कमाइ गरेको थियो । चीनबाट मात्र फिल्मले ३ सय करोड कमाइ गरेको निर्माताको तथ्यांक छ ।
एकपछि अर्को गरी आउने ट्वीस्टले भरिएको फिल्मलाई श्रीराम राघवनले निर्देशन गरेका हुन् । 



Author

थप समाचार
x