सिनेमा

‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ शब्द नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेनकाे चेतावनी

इकागज |
जेठ ३२, २०८० बिहीबार १९:५० बजे

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाका मेयर बाेलेन्द्र शाह(बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा राखिएकाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरभित्रका कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पाेष्ट सेयर गर्दै मेयर शाहले यस्ताे चेतावनी दिएका हुन् । 

उनले ‘आदिपुरुष’मा समावेश गरिएकाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताएका छन् । उनले लेखेका छन्,  'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।'


यस्तै उनले यो सच्याउन तीन दिनको समय पनि दिइएको बताएका छन् । 'यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस,' उनले लेखेका छन् ।

 


Author

थप समाचार
x