सिनेमा

अन्ततः नेपालका वितरकले स्वयंले गरे ‘आदिपुरुष’ नचलाउने निर्णय

इकागज |
असार ४, २०८० सोमबार १३:३२ बजे

काठमाठौँ - देशभरबाट ‘आदिपुरुष’ नचलाउने खबरहरू आइरहेको समय यो फिल्मको नेपाल वितरक श्री व्यंकटेस इन्टरटेनमेन्टले पनि हलबाट फिल्म झिक्ने निर्णय गरेको छ । कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्ट्याटस लेखेकै भरमा सिनेमा घरले फिल्मको प्रदर्शन रोकेको जनाउँदै अहिलेका लागि आफूहरूले पनि फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको जनाएको छ । 

बैंकटेशले फिल्मको प्रदर्शनलाई लिएर आएका भ्रामक समाचारमा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । तर विज्ञप्तिमा के कुरा भ्रामक भएको भन्ने कुरा चाहिँ खुलाइएको छैन । फिल्मको एक संवादलाई लिएर चौतर्फी विवाद भएपछि केही हलले स्वतःस्फूर्त रुपमा फिल्म नचलाउने निर्णय गरेका थिए भने केही ठाउँका मेयर स्वयंले चलचित्र नचलाउन आदेश जारी गरेका थिए । 


तर अरुभन्दा पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारबाट ‘आदिपुरुष’ मात्र होइन कुनै पनि हिन्दी फिल्म नचलाउने अडान नछाडेपछि हल र वितरक फिल्मको प्रदर्शन रोक्न बाध्य भएका छन् ।तर बालेनको अडानले बाँकी हिन्दी फिल्मको प्रदर्शनको भविष्य पनि अन्यौलमा परेको छ । आउँदो हप्ता अर्को हिन्दी फिल्म ‘सत्य प्रेमकी कथा’ प्रदर्शन हुने सूचीमा छ । 
 


Author

थप समाचार
x