काठमाडौँमा हिन्दी फिल्म नरोक्न अदालतको अन्तरिम आदेश तर बालेन भन्छन् : कुनै हालतमा फिल्म चल्न दिइने छैन
काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन शाहले अदालतको आदेश जे भए पनि काठमाडौँमा हिन्दी फिल्म चलन नदिने बताएका छन् । पाटन अदालतले नेपाल चलचित्र संघले हिन्दी फिल्मको प्रदर्शन फुकुवा गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिँदै हिन्दी फिल्म नरोक्न निर्देशन दिएको थियो । यसका लागि आउँदो मंगलबार दुवै पक्षलाई वार्तामा बस्नलाई समयसीमा निर्धारण गरेको थियो । तर बालेनले अदालतको आदेशलाई नमान्ने घोषणा गरेका छन् ।
उनले अन्तरिम आदेश आएको खबरसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतको आदेश नमान्ने बताएका छन् । उनले लेखेका छन्, ‘ जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया