६० वर्ष अघिको ढाक्रे जिन्दगीमा ‘ए ढाक्रे दाइ’
काठमाडौं- करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचित्र ‘ए ढाक्रे दाइ’ दर्शकमाझ आउने भएको छ । निरंजन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।
कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा चलचित्र निर्माण गरेको बताएका छन् । ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडीबुटी,घिऊ,भटमासहरु त्यहाँ बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुःख,कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’ उनले तत्कालीन ऐतिहासिक ग्रामिण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन् भनेर चलचित्र निर्माण गरेको बताए ।
चलचित्रमा धु्रव कोइराला, मिनुज रानामगर,माया थामी,उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र बिनोद चौधरीले खिचेको चलचित्रमा सुरेश सेन्चुरीको संगीत,एन के एम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनिक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन विजय पोखरेल र विनोद चौधरीले गरेका हुन् । ‘ए ढाक्रे दाइ’ को वितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया