सिनेमा

‘आदिपुरुष’माथि प्रतिबध लगाउन प्रधानमन्त्री मोदीलाई चिठ्ठी

इकागज |
असार १०, २०८० आइतबार ११:१६ बजे

मुम्बई -‘आदिपुरुष’माथि मान्छेको रिस अझै मरेको छैन । विभिन्न हिन्दूवादी धार्मिक संगठनसँगै भारतका कलाकारहरूको छाता संगठन अल इन्डिया सिने वर्कर्स एसोसियनले फिल्मलाई प्रतिबन्ध लगाउन र यसका निर्माता टिसिरिज, निर्देशक ओम राउत र संवाद लेखक मनोज मुन्तसिरलाई पक्राऊ गरी सजाय दिन माग गरेको छ । संगठनले यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र मुम्बई प्रहरीलाई पत्र लेख्दै अनुरोध गरेको छ । 

एसोसिएसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ता हस्ताक्षरित पत्रमा भनिएको छ, ‘चलचित्रले राम, सीता र हनुमानले जसरी प्रस्तुत गरेको छ यसले हिन्दूहरूको आस्थामाथि प्रहार भएको छ । निर्माताले अझ पैसा घटाइ घटाइ यो फिल्म देखाउन लागेका छन् जसले राममाथि आस्था राख्नेलाई गलत चित्र प्रस्तुत गरिएको छ । त्यसैले यसका लेखक, निर्माता, निर्देशक र कस्ट्युम डिजाइनरविरुद्ध एफआइआर दर्ता गरी कारबाही गर्न अनुरोधन गर्दैछौँ ।


गुप्ताले सोही आसयको पत्र मंगलबार नरेन्द्र मोदीलाई पनि पठाएका थिए । रामायणमा आधारित रही तयार गरिएको फिल्म प्रदर्शनको दिनदेखिनै विवादको घेरामा छ । खास गरी फिल्मका संवाद र रामको चरित्र चित्रणलाई लिएर यो फिल्मले सुरुदेखि नै गाली खाँदै आएको छ । भारतमा आउँदो सालको चुनावलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री मोदीको इशारामा यस्ता फिल्म बनिरहेको टिप्पणी गरिएको छ । तर यो पटक ‘आदिपुरुष’ले भने हिन्दूवादीलाई नै नराम्ररी भटकाएको छ । 


Author

थप समाचार
x