सिनेमा

निश्चलको ‘दिमाग खराब’को सुटिङ सकियो

इकागज |
असार १२, २०८० मंगलबार ११:२ बजे

काठमाडौँ - ‘लुट २’पछि निर्देशनमा ६ वर्ष विश्राम लिएका निश्चल बस्नेतले नयाँ फिल्म ‘दिमाग खराब’को छायांकन पूरा गरेका छन् । बस्नेतले ३६ दिनमा फिल्मको सुटिङ सकाएका हुन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम दृश्य खिचिएको निर्माण टिमले जनाएको छ । ४० दिनको समय राखेर सुटिङमा निस्किएको फिल्मको ४ दिन अगावै सुटिङ सकिएको हो । यसअघि फिल्मको अधिकांश दृश्य काभ्रेको पाँचखालमा खिचिएको थियो ।  क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

पिपुल भर्सेज पावरको ट्याग लाइनसहित बनेको फिल्मले राजनीतिक विषयवस्तु उठाएको छ । फिल्ममा दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, विजय बराल, स्वस्तिमा खड्का, राजन खतिवडा आदिको अभिनय रहेको छ ।स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा फिल्ममा काम गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्युजिक भिडियोसँगै फिल्म ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए । 


ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । लेखनमा निश्चलले आकाश बरालसँग सहकार्य गरेका छन् । फिल्म कात्तिक २४ मा प्रदर्शन हुँदैछ । 


Author

थप समाचार
x