सिनेमा

सौगातको समय कुर्दै निर्माता

इकागज |
असार २१, २०८० बिहीबार १४:१८ बजे

काठमाडौँ - अहिले फिल्म नगरीमा दयाहाङ राई र सौगात मल्ललाई चाँदी कटाइ छ । कतिसम् मभने भूमिकाका लागि लामो समय लिन रुचाउने यी दुवै अभिनेतालाई एउटा फिल्म सकेर अर्कोमा जान एक दिनको पनि समय छैन । 

सौगातले बुधबार ‘कोतपर्व’ नाममा बन्न लागेको फिल्म साइन गरेको खबर छ । यो फिल्ममा उनले समभवतः जंगबहादुरको भूमिका निर्वाह गर्नेछन् । तर यो खबरले दर्शकलाई कति खुसी दिन्छ थाहा छैन तर उनलाई लिएर फिल्म बनाउने प्रतीक्षा गरिरहेका निर्माताहरुको भने सातो गएको छ । किनकि उनलाई साइन गराएर बसेका निर्माताको सूची लामै छ ।


सौगात अहिले ‘अगस्त्य’को पहिलो सेड्युल पूरा गरेर बसेका छन् । आजबाट उनको अर्को फिल्मको सुटिङ गर्ने तयारी थियो । दया र उनकै मुख्य भूमिका रहेको ‘हात्तीछाप’ अबको केही दिनमा फ्लोरमा जानेछ ।

यो फिल्मको सुटिङपछि उनले ‘अगस्त्य’को सुटिङ पूरा गर्नेछन् । योबीचमा उनलाई लिएर सुटिङ गर्न चाहाने निर्देशकको प्रतीक्षा भने लामो हुनेछ । सौगातले भदौका लागि मुस्कान ढकालको नयाँ फिल्मलाई समय दिएका छन् । यसैगरी ‘लुकामारी २’का निर्माता पनि सौगातकै समयको प्रतीक्षामा छन् । उनले 'सिटामोल' नामको फिल्म खेल्ने चर्चा पनि ताजै छ ।

बक्स अफिसमा हेर्ने हो भने सौगात मल्लले एक्लै लिड गरेको एउटा पनि फिल्मले राम्रो व्यापार गरेका छन् । उनको नाममा जति पनि हिट फिल्म छन्, दयाहाङ राईसँग खेलेका फिल्म मात्र छन् । यो त अलग पाटो भयो तर फिल्म साइन गर्दै थुपार्दै जाँदा सौगातले आफूलाई त दबाबमा राखेका छन् नै उनलाई लिएर फिल्म बनाउन ठिक्क परेका निर्माताको पनि क्यालेन्डर गडबड पार्दिरहेका छन् ।
 


Author

थप समाचार
x