८० वर्षको उमेरमा पनि ‘मिसन इम्पोसिबल’ खेल्ने टमको चाहाना
लसएन्जल्स - टम क्रुजको पहिचान ‘मिसन इम्पोसिबल’सँग जोडिएको छ । टम क्रुज भन्ने बित्तिकै धेरैको मनमा यही फिल्मका दृश्यहरू आउँछन् । यही शृंखलाको सातौँ भाग आउँदो हप्ता रिलिज हुँदैछ ।
यही हप्ता टम क्रुजले ६१ औँ जन्मदिन पनि मनाएका छन् । तर उनले ८० वर्षको उमेरमा पनि ‘मिसन इम्पोसिबल’ फ्रेन्चाइजमा अभिनयलाई निरन्तरता दिने चाहाना रहेको बताएका छन् । उनले फिल्मको प्रचारका क्रममा ह्यारिसन फोर्डको उदाहरण दिँदै फोर्डले ‘इन्डियाना जोन्स’ ८० वर्षको उमेरमा खेलेझैँ आफूलाई पनि त्यो उमेरसम्म फिल्म खेल्ने बताएका हुन् ।
यसका लागि आफूसँग अझै २० वर्ष समय रहेको पनि बताएका छन् । टम क्रुजको नयाँ फिल्मले सिनेमा रेटिङ साइट रटन टोमाटोजमा सिरिजमध्ये अहिलेसम्मकै सर्वाधिक रेटिङ पाएको छ । यो फिल्मले ९८ प्रतिशत हाराहारी रेटिङ पाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया