Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिनेमा

अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा–सुमन’ निर्माणको घोषणा, बन्दिपुरमा वर्कसप

इकागज |
असार २८, २०८० बिहीबार १२:२२ बजे

काठमाडौँ-  अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । यो फिल्मको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ ।

के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिलमको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् ।


यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ युवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए ।

फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ ।

फिल्मको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए । यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ । 


Author

थप समाचार
x