सिनेमा

निशा, सुरक्षा र उषाको ‘जुलेबी’ भदौ १ देखि हलमा

इकागज |
असार ३१, २०८० आइतबार १२:४८ बजे

काठमाडौँ - सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । लकडाउनका समयमा जोडिएका चार महिला पात्रको कथा भन्ने फिल्मले भदौ १ लाई प्रदर्शन मिति छनौट गरेको हो । 

निर्माण टिम र वितरण कम्पनी डिसीएनबीच आइतबार प्रदर्शनको सम्झौता भएको हो । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्री गरिएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ । डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको थियो ।


चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ । चलचित्रले तीन घन्टाको समयावधिमा घट्ने तीन घटनालाई   चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । उनले यी कथा प्रेमको वरिपरि रहेर बुनिएको भट्टले जानकारी गराए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले ‘मञ्जरी’, ‘गाजा बाजा’ फिल्मको निर्देशन गरेका थिए । चलचित्रमा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । 


Author

थप समाचार
x