महानगरमा पोस्टर टाँसेको भन्दै ‘बगान’लाई ५० हजार जरिवाना
काठमाडौँ - नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित ‘बगान’लाई काठमाडौँ महानगरपालिकाले ५० हजार जरिवाना तिराएको छ । निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् ।
महानगरले पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरे वापत् जरिवाना गरेको जनाएको छ । सरोज खनालको अभिनयसमेत रहेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा छ । करिष्मा मानन्धर र प्रमिला कार्कीको मुख्य भूमिका रहेको चलचित्रले एकल महिलाको पुनर्विवाहको मुद्दा उठाएको छ । फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया