सिनेमा

हलमा ‘महानगर’ र ‘जय हो’, विदेशी फिल्मको भिडमा हराउने डर

इकागज |
भदौ ८, २०८० शुक्रबार ११:५० बजे

काठमाडौँ - नेपाली फिल्मको रिलिज तोक्ने बेलामा निर्माताहरू विदेशी फिल्मको क्यालेन्डर हेर्छन् । अर्थात् आफूले ताकेको मितिमा कत्तिको वजनदार विदेशी फिल्म आउँदैछ ? तर कहिलेकाहीँ दुई दिन हप्ता अगाडि नै रिलिज भएका चलचित्रले पनि हल छाड्दैनन् । यसपछि नेपाली फिल्मले पाउँछन्, उही बचेखुचेका अफ टाइम सो ।

शुक्रबारबाट हलमा लागेका ‘महानगर’ र ‘जय हो’ले यही नियति भोगेका छन् । छन्लाई शुक्रबार बलिउडका ठूलो हिरोको ठूलो फिल्म रिलिज भइरहेको थिएन तर दुई हप्ता अगाडि रिलिज भएका बलिउड फिल्मले नै ठाउँ नछाडेपछि आजबाट प्रदर्शन थालेका दुई नेपाली फिल्म चेपुवामा परेका छन् । यिनले एक त पर्याप्त सो पाएका छैनन्, पाएका सो पनि बेला न कुबेलाका । 


दुई हप्ताअघि रिलिज भएका ‘गदर २’ र ‘ओएमजी २’ नेपालका हलमा जरो गाडेर बसेका छन् । अनि आजै बलिउडको ‘ड्रिमगर्ल २’ पनि रिलिज भएको छ । आज नै एउटा अंग्रेजी सिनेमा पनि रिलिज भएको छ । त्योभन्दा तीन हप्ता अघि रिलिज भएको ‘रकी और रानीकी प्रेम कहानी’ पनि हलमा टिकेकै छ । 

यसरी अहिले नेपालका हलमा १० वटा फिल्म फिल्म चलिरहेका छन् । ‘महानगर’ विदेशमा धेरै फेस्टिभल घुमेपछि नेपाल आएको हो भने ‘जय हो’ फिल्म बनाउने फ्याक्ट्रीको रुपमा परिचित शोभित बस्नेतले निर्माण गरेको चलचित्र हो । 


Author

थप समाचार
x