आलिया भट्टलाई लिएर स्पाई युनिभर्स बनाउँदै यशराज स्टुडियो
काठमाडौँ - यशराज स्टुडियोले आलिया भट्टलाई लिएर पहिलो महिला केन्द्रित स्पाई फिल्म बनाउने भएको छ । यसका लागि स्टुडियोले आलियालाई अनुबन्ध गरिसकेको छ भने स्टुडियोले हालसालै ‘बन्टी और बब्ली २’ अभिनेत्री सरवरी वागलाई पनि अनुबन्ध गरेको समाचार छ । सरवरीले यसअघि ‘द फर्गेटन आर्मी’ नामको सिरिजबाट डेब्यु गरेकी थिइन् ।
नाम सार्वजनिक भइनसकेको चलचित्रमा आलियाले सुपर एजेन्टको भूमिका निर्वाह गर्नेछिन् । फिल्मको काम सन् २०२४ बाट सुरु हुनेछ । स्टुडियोले सर्वप्रथम स्पाई युनिभर्सको शृंखला ‘एक था टाइगर’बाट सुरु गरेको थियो । दोस्रो फिल्मको रुपमा ‘टाइगर जिन्दा है’बनाएको स्टुडियोले यसको तेस्रो शृंखला तिहारमा रिलिज गर्दैछ । तर यही बीचमा स्टुडियोले ‘वार’ र ‘पठान’ गरी दुई फिल्म बनाइसकेको छ जसमा पनि हिरोको मुख्य काम देशलाई दुश्मनबाट बचाउनु हो ।
यसैबीच स्टुडियोले सलमान खान र शाहरुख खानलाई लिएर ‘टाइगर भर्सेज पठान’ बनाउने घोषणा गरिसकेको छ । स्टुडियोले ‘ब्रम्हास्त्र’ निर्देशक आयन मुखर्जीलाई ‘वार २’ निर्देशन गर्ने जिम्मा दिइसकेको छ ।
यो चलचित्रमा जुनियर एनटीआर र ऋतिक रोशनबीच भिडन्त हुने खबर छ । सरवरीलाई यशराज स्टुडियोले नै लन्च गरेको हुनाले अबको अभिनेत्रीको विकल्पको रुपमा उनलाई अगाडि बढाउन चाहेको धेरैको अनुमान छ । स्टुडियोले आफूले लन्च गरेका हिरोइनसँग कम्तिमा तीन फिल्मको सम्झौता गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया