राष्ट्रपतिको स्वकीय सचिवालको अडानका कारण बोर्डले सार्वजनिक गरेको थियो सम्मानितको नामावली
काठमाडौँ- चलचित्र विकास बोर्डले 'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान २०८०' समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै प्रदान गरिने 'विशेष योगदान सम्मान' बाट सम्मानित हुने ३५ जना चलचित्रकर्मीको नामावली सार्वजनिक गरेको छ । यसैगरी बोर्डले चलचीत्र दीर्घ साधना सम्म्मान पाउने २ जना चलचित्रकर्मीको पनि नाम सार्वजनिक गरेको थियो ! शुक्रवार बसेको बोर्ड बैठकको निर्णयपछि वेबसाइटमार्फत शुक्रबार बेलुकी नाम सार्वजनिक गरिएको हो ।
बाेर्डले सम्मानित चलचित्रकर्मीको नाम पहिला नै सार्वजनिक गरेर पारदर्शिता अपनाएको भन्दै बोर्डको कदमको प्रशसा पनि भएको थियो तर बोर्डको यो निर्णय राष्ट्रपतिको स्वकीय सचिवालयको दबाबका कारण आएको सतहमा आएको छ । बोर्डका एक सदस्यले दिएको जानकारी अनुसार राष्ट्रपतिको स्वकीय सचिवालयले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य सर्त भएकाले ती मूल्य र मान्यता पुरा नगरिएका र प्रक्रिया नपुर्याईएका नामावलीमा सम्मान गर्न नसकिने अडान लिएपछि बोर्ड वैठक बस्दै इतिहासमा पहिलोपटक नामावली सार्वजनिक गर्न बाध्य भएको हो ।
बोर्ड पदाधिकारीहरूले नामावली सार्वजनिक नगरी एकैपटक समारोहमा घोषणा गर्न पटक पटक अनुरोध गरे पनि राष्ट्रपतिको स्वकीय सचिवालयले स्वीकार नगरेको बोर्डका ती सदस्यले बताए । 'लोकतन्त्रमा जनताका सामु सार्वजनिक नगरिएका नामलाई सम्मान गर्नु अथवा पुरस्कृत गर्नु कुनै दृष्टिकोणले उपयुक्त हुन्न' स्वकीय सचिवालयका पदाधिकारीको भनाई उदृत गर्दै ती सदस्यले भने, 'जनताबीच सार्वजनिक गर्ने व्यवस्थाले सरकारी निकायलाई ज़िम्मेबार र जवाफदेही बनाउने हो ।'
यसअघि बोर्डले नामावली कार्यक्रमकै क्रममा मंचमै घोषणा गर्ने गरेको थियो । त्यसरी समारोहमै घोषणा गरिएका नाममध्ये कतिपयको योगदान, चरित्र र आचरणमाथि गम्भीर प्रश्न उठ्ने गरेको थियो ।
स्वकीय सचिवालयका अनुसार नामावली सार्वजनिक भएसँगै गलत आचरण भएका वा निजी स्वार्थमा सम्मानित गरिएका व्यक्तिको बारेमा प्रश्न उठाउन पाउने सर्वसाधारण अधिकार सुनिश्चित भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया