सिनेमा

‘जवान’ बन्यो भारतमा सर्वाधिक कमाउने फिल्म, कमाइ पुग्यो ६ सय करोड

इकागज |
असोज १५, २०८० सोमबार ११:२० बजे

मुम्बई-  शाहरुख खानको मुख्य भूमिका रहेको ‘जवान’ले भारतमा कमाइका मामलामा नयाँ कीर्तिमान कायम गरेको छ । फिल्मले घरेलु बजारमा मात्र कमाइको आँकडा ६ सय करोड पुर्याउँदै भारतमा नयाँ रेकर्ड राखेको हो । ‘जवान’ले आइतबार कुल कमाइमा ८ करोड ८० लाख थप्दै ६ सय ४ करोड २५ लाख पुर्याएको नयाँ कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

‘जवान’ले पहिलो हप्ता ३ सय ८९ करोड ८८ लाख कमाइ गरेको थियो । यसैगरी दोस्रो हप्ता फिल्मले घरेलु बक्स अफिसबाट मात्र १ सय ३६ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएका थिए । तेस्रो हप्तामा भने फिल्मले ५५ करोड कमाइ गरेको थियो । 


फिल्मले विदेशी बजारबाट समेत गरेर भने १ हजार ६८ करोड कमाइ गरिसकेको छ । घरेल बजारमा ६ सय करोडको आँकडा पारसँगै शाहरुखले आफ्नै फिल्मको रेकर्ड ब्रेक गरेका छन् । घरेलु बजारमा यसअघि सार्वधिक कमाउने फिल्ममा ‘पठान’को रेकर्ड थियो । यसले भारतमा ५ सय ४३ करोड कमाइ गरेको थियो । योपछि अघिल्लो महिना रिलिज भएको ‘गदर २’ थियो । यसले ५ सय २४ करोड नेट कमाइ गरेको थियो । 


Author

थप समाचार
x