'राजागञ्ज : द स्काइ इज माइन’लाई नर्वेको सोर्फोन्डको पैसा
काठमाडौँ - निर्देशक दीपक रौनियारद्वारा निर्देशित नयाँ चलचित्र ‘राजागञ्ज : द स्काइ इज माइन’ लाई नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट रु ७६ लाख ५२ हजार (५७ हजार छ सय अमेरिकी डलर) प्राप्त भएको छ । ‘हाइवे’ र ‘ह्वाइट सन’ जस्ता नेपाली चलचित्र निर्देशन गरेर विश्वभरका चर्चित महोत्सवमा सहभागिता जनाउन सफल भएका निर्देशक रौनियारले यसपटक मधेसको कथाका लागि सो फन्ड प्राप्त गरेका हुन् ।
नेपालबाट निर्माण भएको नेपाली चलचित्र भए तापनि ‘राजागञ्ज : द स्काइ इज माइन’ नर्वेजियन सहनिर्माता रहेका छन् । निर्देशक रौनियार, डेभिड बार्कर र आशा मगरातीले संयुक्तरुपमा लेखेको चलचित्रमा महिला प्रहरीको आँखाबाट मधेसमा हुने जातीय विभेद देखाइएको छ । सार्वजनिक कथासारअनुसार उक्त महिला प्रहरीले हिंसा भड्किएको सहरबाट काम थाल्छिन् । दुई गहुँगोरो वर्णका युवकले फिरौती मागेपछि अपहरणमा पर्छन् र योसबै समस्याबाट किनारा पाउन उनीसँग दुई दिनको मात्र समय छ । उक्त कथालाई जनकपुरको सेटअपमा (पृष्ठभूमिमा) भनिएको छ ।
चलचित्रमा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नेपालमा निर्माण सहकार्यमा जोडिएको बाँसुरी फिल्मले यो उपलब्धिले स्थानीय कथा भन्न प्रोत्साहित गर्ने विज्ञाप्तिमार्फत जानकारी दिइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया