राजेश हमाल प्रकरणमा गाली खाएपछि उषा भन्छिन्, ‘राजेश दाइको फ्यान निच हुनै सक्दैनन् ’
काठमाडौँ - एउटा कमेडी टेलिभिजन सोमा गएर राजेश हमाललाई ओभररेटेड एक्टर भनेपछि राजेश हमालका फ्यान उषा रजकप्रति खनिए । आफूमाथि प्रहार भएको देखेपछि उषाले माफी पनि मागिन् । तर यतिले पनि सामाजिक सञ्जालका फ्यानलाई चित्त बुझेको छैन । उनीमाथि निरन्तर प्रहार भइरहेको उषा स्वयंले पोस्टमा खुलासा गरेकी छिन्
। यो क्रम यति गाढा भएछ कि उषाले फेरि एउटा पोस्ट राख्दै सामाजिक सञ्जालमा सधैँ हाँस्ने आफू खुब रोएकी बताएकी छिन् । त्योसँगै उनले आफूले बोलेको कुरा कति गलत हो र पाउनु पर्ने सजाय कति हो भन्दै,राजेश हमालका फ्यानलाई प्रश्न गरेकी छिन् ।
सँगै उनले लेखेकी छिन्, ‘राजेश हमालका फ्यान यति निच हुनै सक्दैनन् ।’ उनले पोस्टमा थप लेखेकी छिन् ‘ हो, बिराएँ शायद । प्रश्न स् मैले त्यस्तो के भनेँ र, नेपाली दाजुभाइ म माथि यसरी खानिनु भयो । शब्द यस्तो प्रयोग भयो कि, कहिले नसुनेको नीच शब्दहरुको अर्थ बुझ्न गुगल गर्नुपर्यो । पढ्नु हुन्न थियो कमेन्ट, तर दर्शक सँग सधैं एकै तहमा सम्बन्ध राख्न रुचाउँछु । राजेश दाइको फ्यान यस्तो निच हुन सक्दैन ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया