सिनेमा

सलमान खानमाथि आक्रमण गर्न खोज्ने चार जना पक्राउ

इकागज |
जेठ १९, २०८१ शनिबार १३:२ बजे

काठमाडौँ - मुम्बई प्रहरीले अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको दाबी गरेको छ ।

फेब्रुअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६/१७ जनाले पनवेलमा रेकी गरेको मुम्बई प्रहरीले जनाएको छ। 


प्रहरीले बताएअनुसार सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षडयन्त्र रचिएको थियो । यसमा संलग्नहरुलाई प्रहरीले गत हप्तानै पक्राउ गरेको थियो । 

गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेका थिए।

लरेन्स बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै डेपुटी कमिसनर विवेक पानसरेले भने, ‘हामीले चार जनालाई पक्राउ गरेका छौँ । आरोपितहरुले लामो समयदेखि अभिनेतामाथि आक्रमण गर्ने षड्यन्त्र गरिरहेका थिए । रेकी गर्न उनी पनवेलमा पनि बसेका थिए।'


Author

थप समाचार
x