सिनेमा

निर्देशक सुदर्शन थापा पक्राउ

इकागज |
जेठ २१, २०८१ सोमबार १५:१३ बजे

फाइल फोटो

काठमाडौं - चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई मालिगाउँ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धमा मुद्दा चलेकाले थापालाई उतै पठाइएको मालिगाउँ प्रहरीले जनाएको छ ।  उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् ।

आपराधिक लाभ तथा विश्वासघातको कसुरमा जाहेरी परेपछि थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 'प्रसाद-२' का निर्माता सुदर्शन बस्नेतको जाहेरीमा निर्देशक थापालाई प्रहरीले पक्राउ गरेको हो ।


आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।


Author

थप समाचार
x