सिनेमा

चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने, कसरी दिने आवेदन ?

इकागज |
जेठ २३, २०८१ बुधबार १०:२१ बजे

काठमाडौँ- चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा काम गर्दै आएका व्यक्तिलाई चलचित्रकर्मी परिचय पत्र वितरण गर्ने भएको छ । बोर्डले जेठ १७ गते एक सूचना जारी गर्दै परिचय पत्र वितरण गर्न लागेको बताएको छ ।

चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्‍याएको योगदानको कदर स्वरुप स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको जनाएको छ ।


परिचयपत्र प्राप्त गर्न नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, चलचित्र क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार, आदिको प्रमाणपत्र, हालसालै खिचेको फोटोसहित आवेदन दिनुपर्नेछ ।

परिचय पत्र​ पाउन के-के छन् शर्तहरू ?

(१)   विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्रका लागि स्वेदशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३०(तीस) वर्ष योगदान पुर्‍याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नेछन् ।

(२) चलचित्रकर्मी श्रेणीको परिचयपत्रका लागि स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा २० (बीस) वर्ष योगदान पुर्‍याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नेछन् ।

(३)  आवेदन साथ निम्न कागजातहरु पेश गर्नुपर्नेछः-

(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) व्यक्तिगत विवरण (बायोडाटा),
(ग) चलचित्र क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार आदि प्रमाणपत्रको प्रतिलिपि,
(घ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुईप्रति,

(४)  तोकिएको अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै पनि कारबाही गरिने छैन ।         

(५)  यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

(६)  आवेदन फाराम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np  बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

(७)  अन्य शर्तहरु “चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१” बमोजिम हुनेछ ।

(८)  यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।

यहाँबाट भर्नुहोस् फाराम


Author

थप समाचार
x