सिनेमा

सागरले कसे स्नेहासँग लगनगाँठो

इकागज |
असार ३०, २०८१ आइतबार १६:२५ बजे

काठमाडौं – चर्चित हास्य कलाकार सागर लम्सालले लगनगाँठो कसेका छन् । उनले झापाकी स्नेहा दंगालसँग आइतबार लगन गाँठो कसेका हुन् । सागरको बिहे समारोह काठमाडौंको चाबहिलस्थित एक पार्टी प्यालेसमा भएको हो। सागरलाई सबैले 'बले' का नामले चिन्छन्,

सागर र स्नेहाको प्रेम विवाहमा परिणत भएको छ। स्नेहा नर्सिङ पेशामा कार्यरत छिन् भने सागर नेपालका लोकप्रिय हास्य कलाकारमध्ये एक हुन्। उनीहरुको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइहरूको उपस्थिति रहेको थियो।


कलाकार कुमार कट्टेलले  “बले” लाई सुखमय दाम्पत्य जीवनको  शुभकामना दिएका छन् । उनले लेखेका छन्, 'प्रिय साथी सागर लम्साल “बले” लाई सुखमय दाम्पत्य जीवनको हार्दिक शुभकामना।'


Author

थप समाचार
x