Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सिनेमा

सुशिल श्रेष्ठको नेपाली रजतपटमा धमाकेदार पुनरागमन

इकागज |
साउन ८, २०८१ मंगलबार ११:४८ बजे

काठमाडौँ - नयाँ जोशका साथ अभिनेता सुशिल श्रेष्ठले नेपाली रजतपटमा धमाकेदार पुनरागमन गरेका छन्। उनको मुख्य भूमिका रहेको सिनेमा ‘आउट ल : दफा २१९’को १ मिनेट २८ सेकेण्ड लामो टिजर सोमबार युट्युबमा सार्वजनिक भएको छ। यस एक्सनले भरिएको टिजरले दर्शकहरूलाई थप रोमाञ्चक बनाएको छ।

यसअघि सार्वजनिक भएको निर्माण घोषणा टिजर र पोस्टरले निकै चर्चा बटुलेको थियो। निर्माण टिमको विश्वास छ कि यो टिजरले नेपाली सिनेमामा एक्सनको स्तरलाई उचाइमा पुर्याउनेछ। सुशिल श्रेष्ठ, जो ‘बादशाह जुट’ पछि रजतपटमा फर्किरहेका छन्, यस सिनेमाले उनको कमब्याकलाई सफल बनाउने अपेक्षा गरेका छन्।


असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउन लागेको यस सिनेमामा सुशिल श्रेष्ठसहित शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन, र बिशाल पहारीले पनि अभिनय गरेका छन्। चुल्ठे काजीको एक्सनले भरिपूर्ण यस सिनेमालाई अशोक शर्माको डिसिएनले वितरण गर्दैछ।

बिक्की महर्जनको लेखन र निर्देशनमा तयार भएको यस सिनेमामा अमित अग्रहरीको लगानी छ। विनोद कडायत कार्यकारी निर्माता र बिकास चौधरी सह-निर्माताका रूपमा रहेका छन्। स्याडो पिक्चर्स र रेट्रो फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ।


Author

थप समाचार
x