सिनेमा

नेपालमा विदेशी च्यानल बन्द

इकागज |
साउन १८, २०८१ शुक्रबार १३:३ बजे

काठमाडौं -  नेपालमा ७० बढी विदेशी च्यानल बन्द भएका छन् । नेपालका टेलिभिजन सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाईडरहरुलाई बुझाउनुपर्ने पैसा नबुझाएपछि भारतीय च्यानलहरू बन्द भएको हो ।

सरकारले केवल टेलिभिजन सेवाप्रदायकलाई विदेशी अपस्ट्रिम प्रोभाईडरहरुलाई भुक्तानी गर्नुपर्ने डलर सटहीको सिफारिस नगरिदिएपछि उनीहरूले भारतीय कम्पनीलाई पैसा बुझाउन सकेका छैनन् ।


भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्सले भुक्तानी सुविधा नपाएको भन्दै नेपालमा प्रसारण बन्द गरेका हुन् । 

यी चार नेटवर्कको प्याकेजमा नेपालमा करिब ७० वटा टीभी च्यानलहरू प्रसारण हुँदै आएका छन् । यी च्यानलहरूको लाइन बुधबार रातीदेखि नै काटिएको हो ।

 


Author

थप समाचार
x