राजेश हमालको भव्य कमब्याक: दिवाकर भट्टराईको निर्देशनमा ‘नरसिंहा’ फिल्मको घोषणा
काठमाडौं– लामो समयको ब्रेकपछि नेपाली चलचित्र जगतमा महानायक राजेश हमालको कमब्याक हुने भएको छ। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्म ‘नरसिंहा’ मा हमालको मुख्य भूमिका रहनेछ। फिल्मको घोषणा गर्दै बिहीबार थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । जसले फिल्मको कथावस्तु युद्ध र शान्तिको विषयमा केन्द्रित रहेको संकेत गर्छ।
रातो र नीलो रङले सजिएको पोस्टरमा बायाँतर्फ आगो र दायाँतर्फ समुद्र देखाइएको छ । जसले फिल्मको द्वन्द्वात्मक कथावस्तुलाई प्रस्ट पार्छ। यसमा भगवान विष्णुको चौथो अवतार नरसिंहाको उग्र रूपलाई चित्रण गरिएको छ। नरसिंहा भगवान विष्णुको एक शक्तिशाली अवतार हो । जसले आधा पुरुष र आधा सिंहको स्वरूप धारण गरेको छ।
क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्ममा राजेश हमालले आठ वर्षपछि अभिनय गर्ने निर्णय गरेका छन्। फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।
निर्माण पक्षले फिल्मको अन्य कलाकार र कथाबारे भने हालसम्म केही खुलाएको छैन । यसैबीच, दिवाकर भट्टराईको निर्देशनमा बनेको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा रहेको छ।
नरसिंहा अवतारको कथा दैत्यराज हिरण्यकश्यपुको बध र भक्त प्रह्लादको उद्धारमा केन्द्रित छ । जसलाई निर्देशक दिवाकर भट्टराईले आधुनिक धारमा प्रस्तुत गर्ने योजना बनाएका छन्। महानायक हमालको यो कमब्याक नेपाली सिनेमा जगतमा ठूलो उत्सुकताको विषय बनेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया