सिनेमा

छक्का पञ्‍जा ५ को ‘ब्रेकअप गीत’ सार्वजनिक (भिडियोसहित)

इकागज |
असोज २, २०८१ बुधबार १९:१९ बजे

काठमाडौँ -  छक्का पञ्जा-५ चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ। आज छक्का पञ्जा-५ को ‘ब्रेकअप गीत’ को म्युजिक भिडियो सार्वजनिक ​भएको हो । याे गीतको शब्द, गायन र संगीत बाबुल गिरीले गरेका छन् । गीतमा कृष्ण भट्टराई र आयुष खतिवडाको कोरस रहेको छ।

म्युजिक भिडियोको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन् भने सहायक कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन्। यसमा विशेष भूमिकामा मेक्सम गौडेल, सुरवीर पण्डित (दाह्री बा) छन् । उनीहरूको भूमिकाले गीतलाई मसला थपेको छ ।


 गिटारमा एभोन ठकुरी, मादलमा अनिल मगर, बाँसुरीमा सञ्जीव मैनाली र सारङ्गीमा हेमन्त कान्छाको वादन रहेको छ।

भिडियोमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , दिपाश्री निरौला  र बर्सा सिवाकोटीको अभिनय रहेकाे छ  ।

दिपकलाई सबैले भूवन केसी जस्तै डान्स गर्ने भनेर सामाजिक सञ्‍जालमा उडाएपनि आजको यो भिडियोले सबैको मुखमा ताला लागेकाे छ । विष्टको निर्देशनमा दिपक, माग्ने बुढा र दाह्री बाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।  हरेक चलचित्रमा प्रेम गीतका साथै ब्रेकअप गीत निकालेर दिपक र दिपाले नयाँ टेस्ट दिएका छन् । 

भिडियो हल्का कमेडी, मर्मस्पर्शी र समसामयिक छ । गीतमा केटा पक्षले आरोप माथि आरोप लगाएपछि दीपाले आफ्नो जोवन  फिर्ता माग्छिन् । यतिकैमा भिडियो सकिन्छ। 

चलचित्र छक्का पञ्जा ५ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी छन्। यो गीतको डिजिटल अधिकार ओएसआर डिजिटलले राखेको छ।

 छक्का पञ्‍जा ५  असोज २४ गते बाट हलहरूमा लाग्दैछ ।  ठूलो प्रतीक्षामा रहेको  यो चलचित्रले नेपाली सिने क्षेत्रको नयाँ कीर्तिमान राख्ने विश्वास गरिएको छ। यसका पहिलाका सिरिजहरूले पनि दर्शकको मन जित्न सफल भएका थिए । 


Author

थप समाचार
x