सिनेमा

फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

इकागज |
असोज १०, २०८१ बिहीबार २१:३ बजे

काठमाडौँ - बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनिक गरिएको छ ।​

कोरियोग्राफरको रुपमा समेत परिचित प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि तोकिएको छ । फिल्म ०७ मङसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ ।


पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बाल कलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयंको लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले वितरण गर्ने छ ।

फिल्ममा समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसी,बिश्व स्याङ्वो, प्रभातजंगलगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने विश्वास निर्देशक तामाङको छ ।


Author

थप समाचार
x