सिनेमा

फिल्म 'झिल्को' को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन

इकागज |
असोज ११, २०८१ शुक्रबार १७:९ बजे

काठमाडौँ- फिल्म 'झिल्को : द स्पार्क' को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए । 

पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ ।


फिल्म झिल्को : द स्पार्क आगामी पुस ५ गतेबाट देशभरि प्रदर्शन हुँदैछ । 

'झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहि अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको संगीत रहेको छ ।

निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् । 

जनता प्रशारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको फिल्मको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशक अनिश बुढाथोकीले गरेका हुन् ।  फिल्ममा आनन्द अधिकारीको गीत र शिव परियार तथा निशा देशारको स्वर रहेको छ ।

दिलिप पन्त निर्माण नियन्त्रक, सहसम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामा रहेकोमा पोस्टर डिजाइन आइडियलले गरेको छ । फिल्मको नेपाल वितरक डीएसएन नेपाल र अमेरिका तथा क्यानडा वितरकको जिम्मा इपिक इन्टरटेन्मेन्टलाई दिइएको निर्माण टिमले जनाएको छ ।


Author

थप समाचार
x