सिनेमा

फिल्म सानो संसारको प्रदर्शन स्थगित

इकागज |
असोज १२, २०८१ शनिबार २०:० बजे

काठमाडौँ – नेपाली फिल्म सानो संसारको प्रदर्शन स्थगित गरिएको छ । अविरल वर्षाका कारण आएको बाढी–पहिलो तथा प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’ को प्रदर्शन स्थगित गरिएको हो । 

फिल्मका निर्माताद्वय अर्जुन कुमार तथा माधव वाग्लेले शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै फिल्म स्थगित भएको जनाएका छन् । 


‘हाम्रो चलचित्र ‘सानो संसार’ यही असोज ११ गतेदेखि नेपालभर प्रदर्शनमा आएको छ । तर हालको बाढी पहिरो र प्राकृतिक विपत्तिको कारण जनमानसलाई आवत जावत गर्न समेत कठिन भएको परिप्रेक्ष्यमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई हाम्रो चलचित्र ‘सानो संसार’ लाई केही समयको लागि प्रदर्शन स्थगित गरेका छौं । आगामी दिनमा सहज वातावरण भएपछि पुःन प्रदर्शनमा लिएर आउने वाचासहित यसबाट पर्न गएको असुविधा प्रति प्रदर्शक र दर्शकवृन्दहरुमा हामी क्षमा प्रार्थी छौं । चलचित्रलाई देखाउनु भएको अपार माया र सद्‌भाव प्रति हामी आभारी छौं,’ विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x