सिनेमा

अल्लु अर्जुनले दिए हैदारावाद पुलिस चौकीमा ३ घन्टा बढी बयान

इकागज |
पुस ९, २०८१ मंगलबार १७:८ बजे

फाइल फाेटाे

हैदाराबाद -  एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्प २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको विषयलाई लिएर अल्लु अर्जुनको हैरानी बढिरहेको छ ।

गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा चलचित्र हेर्दा भागदौड भएको थियो । यस भागदौडमा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा पनि अस्पतालमा भर्ना छन् ।


 भागदौडको संकेत पाएपछि अल्लु त्यहाँबाट निस्केका थिए तर भोलिपल्टै उनले सो घटनाको गम्भीरताबारेमा थाहा पाएका थिएँ । अभिनेताले २३ डिसेम्बरमा पुलिसबाट सूचना पाएका थिए, त्यसपछि उनी २४ डिसेम्बरमा सोधपुछको लागि चिक्कडपल्ली पुलिस स्टेसनमा हाजिर भएका थिए।

प्रहरीले यस प्रकरणमा अभिनेतासँग सोधपुछ गरेको छ । प्रहरीले अल्लु अर्जुनलाई करिब साढे ३ घण्टा सोधपुछ गरेको थियो । अल्लु अर्जुनले सोधेका सबै प्रश्नको जवाफ दिए । सोधपुछ सकिए पछि अल्लुलाई फेरि बोलाउन सकिने प्रहरीको विश्वास छ ।

आवश्यक परे फेरि सोधपुछका लागि आउन सक्ने प्रहरीले जनाएको छ । अल्लु अर्जुनले पनि प्रहरीसँग सहमति जनाउँदै फेरि बोलाएमा पूर्ण सहयोग गर्ने बताए ।

 अल्लु अर्जुनको ‘पुष्पा २’ रिलिज हुनुभन्दा एक दिनअघि सन्ध्या थिएटरमा प्रिमियर भएको थियो । यसै क्रममा अल्लु अर्जुन पनि आफ्नो परिवारसँग फिल्म हेर्न त्यहाँ पुगेका थिए । अभिनेता १०/१५ पटक यस थिएटरमा आइसकेकाले पुष्पाः २ फिल्म बनाउन ३ वर्ष लागेको अल्लुको विश्वास थियो ।

उनले यो फिल्म हेरेका थिएनन् र आफ्नो परिवारसँग हेर्न चाहन्थे र त्यसैले उनले सन्ध्या थिएटर रोजेका थिए। तर त्यहाँ यस्तो भागदौड मच्चिन्छ र यो दूर्भाग्यपूर्ण घटना घट्छ भन्ने उनीहरूलाई कल्पना थिएन

अब यस विषयमा अभिनेताले हालै पत्रकार सम्मेलन गरेर सबैसँग माफी मागेका छन् । अहिले उनीमाथि सोधपुछ गरिएको छ । उनीहरूले पनि पूर्ण सहयोग गर्दै अस्पतालमा भर्ना श्रीतेजको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । 

यसका साथ, हालै पुष्पा २ टोलीले पनि पीडित बालकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।


Author

थप समाचार
x