सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा
मुम्बई - बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ ।
अभिनेता सैफलाई उनको बान्द्राको फ्ल्याटमा बिहान १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको थियो, जसमा उनी घाइते भएका थिए र शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए।
लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीका अनुसार सैफ अली खानको शरीरमा ६ घाउ देखिएको छ, जसमध्ये २ गहिरो रूपमा रहेका छन् ।
एउटा घाउ उनको मेरुदण्डको नजिक र अर्को घाँटीमा छ। उनको शल्यक्रिया सकिएको छ ।
उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लीलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।
उनका अनुसार सबैभन्दा ठूलो घाउ उनको मेरुदण्डमा थियो । डाक्टरले भने– ‘हामीले मेरुदण्डबाट यति ठूलो (औँलाको इशाराले) साढे दुई इन्चको चक्कुको टुक्रा निकालेका छौं ।’
यतिखेर अस्पतालमा श्रीमती करिना, छोरी सारा अलि खानसहित परिवारका अन्य सदस्य पुगेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया