लन्डनको व्यस्त सहरमा शाहरुख-काजोलको मूर्ति
मुम्बई : फिल्म प्रदर्शनको २५ वर्ष पूरा भएको उपलक्ष्यमा लन्डनको लिचेस्टर सहरमा बलिउड कलाकार शाहरुख खान र काजोलको काँसको मूर्ति राखिने भएको छ । दुवै अभिनित फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ ले प्रदर्शनको २५ वर्ष पूराको गरेको उपलक्ष्यमा मूर्ति अनावरण गरिन लागेको हो । भोलि मंगलबार फिल्म प्रदर्शनको २० वर्ष पूरा हुँदैछ ।
लिचेस्टर स्क्वायरमा राखिने मूर्तिमा सोही ठाउँमा खिचिएको दृश्य राखिनेछ । शाहरुख र काजोलको जोडी ‘सिन्सेज इन दि स्क्वायर’ शृंखलामा थपिन लागेका पछिल्ला अनुहार हुन् । यसअघि सोही शृंखलामा ‘ह्यारी पोटर’, ‘लरेल एन्ड हार्डी’, ‘सिंगिङ इन दिन रेन’, ‘वन्डर वुमन’ आदिका दृश्य समेटिसकिएका छन् । ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ को केही दृश्य लिचेस्टरको यो व्यस्त सहरमा पनि खिचिएका थिए । ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ भारतमा सबैभन्दा लामो समय चल्ने कीर्तिमान कायम गरेको फिल्म हो । फिल्म भारतको मुम्बईस्थित मराठा मन्दिरमा २० वर्षसम्म लगातार चलेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया