हिमाली भेगमा यसरी हुँदैछ उँचाई छायांकन
काठमाडौं - गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर न्युज कारखानालाई प्राप्त भएको छ । प्राप्त तस्वीरमा फिल्मका लिड कलाकारहरू छायांकन गरिरहेका छन् ।
मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन , डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतको अभिनय रहेको छ । यद्दपि नेपालमा अमिताभ बच्चन आएका छैनन् । स्वास्थ्यले साथ् नदिएका कारणले उनी आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताए । पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त छन् ।
प्राप्त तस्बिर अमिताभको डुब्लिकेटसँगै अनुपम खेर र बोमन इरानी देखिएका छन् । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहेका छन् ।
बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहेका छन्। हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया