सिनेमा

‘स्क्विड गेम’ले मालामाल नेटफ्लिक्स, थप्यो ४ करोड नयाँ प्रयोगकर्ता

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:२१ बजे

लसएन्जल्स -  दक्षिण कोरियन सिरिज ‘स्क्विड गेम’ नेटफ्लिक्सका लागि सुनको अण्डा सावित भएको छ । एचबिओ म्याक्स, अमेजन तथा डिज्नेप्लसबाट कडा टक्कर खेपिरहेको नेटफ्लिक्सले यो सिरिजको विश्वव्यापी लोकप्रियतासँगै प्रतिस्पर्धीलाई पछि छाडेको मात्र छैन प्रयोगकर्तामा उल्लेख्य वृद्धि गरेको छ ।

बिबिसीको एक रिपोर्टअनुसार नेट्फिल्क्सले ‘स्क्विड गेम’ का कारण मात्र ४ करोड नयाँ प्रयोगकर्ता थप गरेको छ । ‘स्क्विड गेम’ नेटफ्लिक्समा रिलिज भएदेखि ४ हप्तासम्म सबैभन्दा बढी हेरिएको सिरिजको रुपमा दर्ज भएको थियो । महिनाभरिमा यो सिरिजलाई १ अर्ब ४२ करोड दर्शकले हेरेका थिए ।


योसँगै नेटफ्लिक्सले तीन महिनामा ८ करोड नयाँ प्रयोगकर्ता थपेको समाचार छ जुन नेटफ्लिक्सले अपेक्षा गरेभन्दा धेरै हो । यसरी प्रयोगकर्ता बढाउनमा ‘स्क्विड गेम’सँगै ‘मनी हाइस्ट’, ‘सेक्स एजुकेसन’, ‘क्विन्स ग्याम्बिट’ आदि सोको पनि हात रहेको बताइएको छ । ‘स्क्विड गेम’ले नेटफ्लिक्सकै इतिहासमा सबैभन्दा बढी हेरिएको ‘ब्रिजटन’को इतिहासलाई पनि उछिनेको छ ।

२१ करोडमा बनाएको यो सिरिजले ९ अर्ब कमाइ गरेको तथ्यांक छ । आउँदो नयाँ वर्ष र क्रिसमसको छेकोमा सार्वजनिक हुने ‘कोब्रा काई’ र ‘टाइगर किङ’का नयाँ सिरिजले प्रयोगकर्ता थप बढाउने नेटफ्लिक्सको अपेक्षा छ । 
 


Author

थप समाचार
x